काठमाडौं । ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा बर्दियाबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ मधुवन का ६० वर्षीय मंगाराम थारु रहेका छन् । उनलाई शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थारुले ती महिलालाई शुक्रवार पीडितकै घरमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।