चाडपर्व लक्षित सुरक्षा योजनामा प्रदेश १ मा डेढ करोड बढी राजस्व संकलन, ६२ जनाको दुर्घटनामा मृत्यु

शंकर खत्री ८ मङ्सिर २०७८, बुधबार ०७:३८ मा प्रकाशित

इटहरी । चाडपर्वलाई लक्षित गरि १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरील लागू गरेको ‘चाडपर्व लक्षित सुरक्षा योजाना’बाट डेढ करोड बढी राजस्व संकलन भएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डि.एस.पी) सुमनकुमार तिम्सिनाले दिएको जानकारी अनुसार सो अवधिका एक करोड ५४ लाख ९४ हजार राजस्व संकलन भएको हो ।


उनले दिएको जानकारी अनुसार सो अवधिका सबैभन्दा धेरै मोरङबाट ४१ लख ८१ हजार पाँच सय राजस्व संकलन भएको छ भने सबैभन्दा कम ताप्लेजुङमा ५८ हजार पाँच सय राजस्व संकलन भएको छ । यस्तै सोहि अवधिमा सुनसरीमा ४१ लाख १९ हजार, झापामा २३ लाख ५० हजार, उदयपुरमा १५ लाख २८ हजार, धनकुटामा ७ लाख ४९ हजार, तेह्रथुममा १ लाख ४४ हजार र इलाममा ४ लाख ५० हजार राजस्व संकलन भएको डि.एस.पी तिम्सिनाले जानकारी दिए ।


यसैगरि पाँचथरमा १ लाख ९३ हजार, भोजपुरमा २ लाख ४२ हजार पाँच सय, संखुवासभामा २ लाख ६८ हजार, खोटाङमा ६ लाख २७ हजार पाँच सय, ओखलढुङ्गामा ३ लाख १८ हजार र सोलुखुम्बुमा २ लाख ६५ हजार राजस्व संकलन भएको उनले जानकारी दिए । २३ हजार दुई सय १४ वटा सवारीसाधन कारबाहिमा परेको उनिले जानकारी दिए ।


चार सय २४ सवारी दुर्घटना, ६२ जनाको मृत्यु

यहि अवधिमा प्रदेश १ का २४ जिल्लामा चार सय २४ वटा सवारी साधन दुर्घटनामा परेको डि.एस.पी तिम्सिनाले जानकारी दिए । ति दुर्घटनामा परेर प्रदेशभरि ६२ जनाको मृत्यु भएको उनले जानकारी दिए । एक सय ३५ जना गम्भिर घाइँते र ७ सय ५ जना सामान्य घाइँते भएको उनले जानकारी दिए । मृत्यु हुनेमा सुनसरीका १९ जना रहेको उनले जानकारी दिए । सुनसरीमा १५ जना पुरुष, ३ जना महिला र एक बालिकाको मृत्यु भएको हो । यस्तै झापामा १३ जना पुरुष, मोरङमा १४ जना पुरुष र ४ जना महिला गरि १८ जना र उदयपुर, धनकुटा, तेह्रथुम र इलाममा एक÷एक जनाको मृत्यु भएको हो ।


पाँचथर र संखुवासभामा ४÷४ जनाको मृत्यु भएको छ । यता ताप्लेजुङ, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा मृत्यु संख्या शून्य रहेको छ । 


तीव्र गतिले दुर्घटना हुने संख्या अधिक

प्रहरीको तथ्याङ्क अनुसार प्रदेशमा तीव्र गतिका कारण सबैभन्दा धेरैको दुर्घटना भएको पाइएको छ । यो समयवधिका ४ सय २४ वटा दुर्घटना भएकोमा तीव्र गतिका कारणले मात्रै २ सय २६ वटा दुर्घटना

भएको हो । त्यसपछि दुर्घटना हुने मुख्य कारणमा चालकको लापरिबाहि मुख्य कारक देखिएको छ । चालकको लापरिबाहिले यो अवधिका ५५ वटा सवारी दुर्घटना भएका छन्।


यस्तै यात्रुको गल्तिका कारण हुने दुर्घटनाको संख्या पनि उलेख्य रहेको छ । यात्रुको गल्तिका कारण यो अवधिका ४२ वटा दुर्घटना भएको छ । यस्तै मद्यपान सेवानका कारण ४५ वटा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । यसैगरि ओभरटेबाट ११ वटा, यातायताका साधनमा गडबडी भएका कारण १५ वटा, खराब सडकको कारण २३ वटा, चौपायको कारण ५ वटा र खराब मौसमका कारण २ वटा सवारी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।


इटहरीमा ४९ वटा दुर्घटना, ४ जनाको मृत्यु 

यता सुनसरीको इटहरी उपमहानगरपालिकामा मात्रै ४९ वटा दुर्घटना यसै अवधिमा भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश १ का १४ वटै जिल्लासँग सडक सञ्जालबाट प्रत्यक्ष सम्बन्ध जोडिएको

इटहरीमा चाडपर्वमा मात्रै यति मात्रामा दुर्घटना भएको हो ।


यस्तै सो दुर्घटनामा परेर १७ जना गम्भिर घाइँते भएका छन् भने ८० जना सामान्य घाइँते भएका छन् । इटहरीमा भएका दुर्घटनामा पनि तिव्र गतिका मुख्य कारक देखिएको छ । ४९ वटा दुर्घटनामा आधा अर्थात् २९ वटा दुर्घटना तीब्र गति कारण भएको छ । यस्तै मद्यपानका कारण ८, बाटो क्रस गर्दा ५, सावारीसाधनको ढोकाबाट लडेर २, चालकको लापरवाहीबाट २, निर्माणाधिन सडकका कारण १, डिभार्यडरका कारण १ र फुटपाथले गर्दा एउटा दुर्घटना भएको हो ।