विराटनगर । मोरङमा मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङका विभिन्न स्थानबाट को ३० प ७६९२ र को ३७ प १३२३ नम्बरको मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा मोरङ कटहरी गाउँपालिका–६ बस्ने वर्ष १९ वर्षीय प्रकाश सरदार, मोरङ धनपालथान गाउँपालिका–५ बस्ने वर्ष २० का दिपेशकुमार सरदार, सोही गाउँपालिका–६ बस्ने २१ वर्षका विजय सहनी, सोही स्थानका २५ वर्षीय जितेनकुमार राय र विराटनगर महानगरपालिका–८ बस्ने २० वर्षीय रोहित चौधरी छन्।
उनीहरुलाई मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।