पाथीभरा दर्शनका लागि निस्किएका अर्जुनधाराका पराजुली बेपत्त

न्युजलय २३ बैशाख २०८०, शनिवार ०१:३७ मा प्रकाशित

ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् । 

पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रवार बिहान भरियामार्फत् मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका हुन् । 

भरियालाई पिसाब गर्न जाने भनेर निस्किएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

झापाबाट यही वैशाख १९ गते श्रीमती, छोरा–बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीमा पुगेर होटलमा बास बसेका थिए ।

उनी हिँड्न नसक्ने भएपछि बिहान करिब ३ बजेपछि भरियामार्फत गएका थिए भने अरु आफन्त हिँड्दै गएका प्रहरीले जनाएको छ ।