हरर थ्रिलर फिल्म ‘चि मुसी ची’ पुस १५ मा प्रदर्शन हुने

न्युजलय १८ कार्तिक २०७९, शुक्रबार १०:५१ मा प्रकाशित

काठमाडौँ । हरर थ्रिलर फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । 

निर्माण टिमका अनुसार फिल्ममा आगामी पुस १५ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ । 

यो फिल्मले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माता अरुण चक्रावर्तीले बताए । फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् ।