इटहरी । सुनसरीको इटहरी–३ का अर्पण याख्खा ताप्लेजुङमा मृत अवस्थामा फेला परेका छन् ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा निर्माण भइरहेको जलविद्युत् परियोजना निर्माणको काम गर्दै आएका याख्खाको सोमबार शव भेटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार जन्मदिनको पार्टी मनाउन गएका याख्खाको शव फेला परेको हो । याख्खाको हत्या भएको हुनसक्ने आशंकामा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीले १२ जना शंकास्पद अभियुक्तहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
मृतक याख्खाको शव पोस्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पतालमा राखिएको बताउँदै प्रहरीले परिवारका तर्फबाट जाहेरी दर्ता भएपछि विस्तृत अनुसन्धान गरिने जनाएको छ ।