सुनको मूल्य बढ्यो

न्युजलय २ पुस २०८२, बुधबार ११:०७ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको तोलामा मूल्य दुई लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार चाँदीको मूल्य तोलामा १७० रुपैयाँले बढेर प्रतितोला चार हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।