उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

न्युजलय ४ बैशाख २०८०, सोमबार ०८:०६ मा प्रकाशित

मोरङ । मोरङको उर्लाबारीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी–४ आइतबारेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको हो । 

आइतबार बेलुका साढे ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको प्रदेश १ ०२ ०४७ प १६४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएको पैदलयात्री बराहक्षेत्र नगरपालिका सुनसरीका ५६ वर्षीय लोकबहादुर परियारको मदन भण्डारी ट्रमा सेन्टर मङ्गलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । 

ठक्कर दिने मोटरसाइकल र चालक सुनसरी इटहरी उपमहानगरपालिका–२ का २२ वर्षीय प्रवीन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।