प्रदेश १ का मुख्यमन्त्री कार्कीले भेटे प्रचण्डलाई

न्युजलय १८ माघ २०७९, बुधबार ११:०५ मा प्रकाशित

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । 

बुधबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर कार्कीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटमा प्रदेश १ को सरकार विस्तारबारे छलफल भएको बताइएको छ ।