नेप्से १३ अंकले घट्यो

न्युजलय ६ साउन २०८३, बुधबार ०३:२७ मा प्रकाशित

काठमाडौँ । आज नेप्से परिसूचक १३ अंकले घटेर बन्द भएको छ । 

आज सेयर बजार परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा पुगेको छ । सेयर बजारमा लगातार ६ दिनको वृद्धिमा आज ब्रेक लागेको हो । आज सेयर बजारमा १९८ कम्पनीको सेयर मूल्य घटेको छ । आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.१० अंकले घटेर ४७०.३१ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने दुई वटाको मात्रै बढेको छ । परिसूचक घटेको दिन कारोबार पनि घटेको छ । 

आज सेयर बजारमा ३४६ कम्पनीका १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर ५६ हजार ९४ पटक खरिद बिक्री हुँदा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँको कारोबार भएको छ ।