दुलही बनिन् अभिनेत्री नीति शाह

न्युजलय ८ फाल्गुण २०८२, शुक्रबार ११:५१ मा प्रकाशित

काठमाडौं । अभिनेत्री नीति शाह आज लगनगाँठो कस्दै छिन् । गत वैशाखमै कानूनी विवाह गरिसकेकी याच्नित राणासँग आज उनले धार्मिक विधिअनुसार लगनगाँठो कसिरहेकी हुन् ।

अभिनेत्री शाहको वैवाहिक समारोह काठमाडौंका विभिन्न भेन्यूहरुमा तीन दिनदेखि सञ्चालन भैरहेको छ । आज भने मुख्य दिन रहेको छ ।

यसअघि नीति र याच्नितले पोखरामा फेवाताल र माछापुच्छ्रेलाई पृष्ठभूमि बनाएर प्रि–वेडिङ फोटोसुट गरेका थिए ।