मेष । सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विद्यार्थीहरूको विचारमा परिवर्तन आउनेछ। कार्यक्षेत्रमा मातापिता को सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
वृष । नोकरी वा पेशामा आफ्नो प्रतिभालाई देखाउने अवसर मिल्नेछ। आत्मविश्वासले निर्णय लिनुहोस् सफलता मिल्नेछ। गोप्य कुराहरू कसैसँग उजागर नगर्नुहोस। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
मिथुन । सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। नोकरी वा पेशामा सहयोगीहरूले साथ दिनेछन्। परिश्रम गर्दा व्यापारलाई बढाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कर्कट । सानातिना कुरामा वचन दिने बानीले अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्छ। अरुको विश्वास जित्न सकिनेछ। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
सिंह । धर्मकर्ममा मन रमाउनेछ। आर्थिक समस्याले सताउनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
कन्या । समय अनुसार आफूलाई अनुकूल बनाउँदै जानुहोस्। सामाजिक दायित्व निर्वाहमा सफलता मिल्नेछ। आयआर्जनका नयाँ स्त्रोतहरू बन्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
तुला । पारिवारिक उत्तरदायित्व बढ्नेछ। कार्यक्षेत्रमा कुनै अपेक्षित कार्यले व्यस्त भइनेछ। मानसिक तनावबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक । दीर्घकालीन महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। सबैतिरबाट सद्भाव प्राप्त हुनेछ। रोकिएका महत्वपूर्ण कामहरू थालनी हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।
धनु । कार्यक्षेत्रमा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। अरुको वादविवादमा आफू अगाडि नसर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मकर । सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। विद्यार्थी वर्गहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। स्वास्थ्य सबल हुनुका साथै इच्छाशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ । सरकारी नोकरीमा सफलता मिल्नेछ। लगनशीलताले शत्रुहरू पराजित हुनेछन्। व्यापार व्यवसाय वा घरपरिवारमा संवेदनशील मामलाहरूमा धैर्यताको परिचय दिनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
मीन । दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्न सक्नुहुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
स्रोत हाम्रोपात्रो