रंगेलीबाट ब्राउनसुगरसहित एक जना पक्राउ

न्युजलय १२ साउन २०८०, शुक्रबार ०१:३४ मा प्रकाशित

विराटनगर । मोरङ प्रहरीले लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको  छ । भारतको अररिया मज्ररक पञ्चायत–२ बौकामज्रकका ७० वर्षीय भल्लु पासवान ब्राउनसुगरसहित पक्राउ परेका हुन् । 

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेली नगरपालिका–४ चोप्राहबाट ४ ग्राम ७ सय ९० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको जनाएको छ । 

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।