सुनसरी । झापाको मेचीनगर–७ मा सनिवार चरा तथा बन्यजन्तु संरक्षण समाजको कार्यालय उद्घाटन गरिएको छ ।
कञ्चनजंघा टोलमा रहेको कार्यालयको उद्घाटन कोशी टप्पु बर्ड सोसाइटी सुनसरीका पूर्व अध्यक्ष अनिस तिम्सिनाले गरेका हुन् ।
कार्यक्रममा बोल्दै मेची चरा तथा बन्यजन्तु समाजका अध्यक्ष देबेन्द्र खरेलले भने ‘सस्था स्थापना भएको छोटो अवधिमा नय चराको खोज तथा फोटोग्राफी गरेर पर्यटनको विकास र बन्यजन्तु संरक्षणको क्षेत्रमा सहयोग पुराएको छौ ।’
एक वर्ष अघि खरेलकै नेतृत्वमा स्थापना गरि मेचीनगर र रोङ लगायतका पालिकाहरुमा चराहरुको संरक्षण गर्न अभियान सञ्चालन गर्दै आइरहेको अध्यक्ष खरेलले बताए ।
कार्यक्रममा बोल्दै खरेलले भने आफुले खोज गरेका र मेचीनगर भूगोल मा भेटिएका चराहरुका बारेमा सहभागीहरुलाई जानकारी गराएक थिए ।
खरेल भन्छन् मेचीनगर क्षेत्र चरा हेर्न पारखीहरुको लागि राम्रो स्थान भएको छ ।
खरेलले नेपालमा लोप भइसकेको हङ्रायो नामक चराको अस्तित्व रहेको पत्ता लगाएक थिए । मेचीनगर–७ मै नयाँ चरा हरित परेवाको खोज गरेर नेपालमा पाइने चराको सूचीमा एउटा चरा थप गराउन खरेल साफल भएको कार्यक्रमका प्रमुख अतिथि तिम्सिनाले बताए ।
उक्त कार्यक्रममा वडाध्यक्षद्वय प्रह्लादमणि ओली र अर्जुन कार्की, पत्रकार ज्ञानेन्द्र निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव एसपी लुइँटेलले गरेका थिए ।