सुन र चाँदीको मूल्य बढ्यो

न्युजलय २९ फाल्गुण २०७८, आइतबार ०५:०८ मा प्रकाशित

काठमाडौँ । आइतबार(आज) सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ३०० सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।