झापामा शिव पार्वती प्रणय दिवस सम्पन्न

न्युजलय ७ फाल्गुण २०८२, बिहिबार ०९:२६ मा प्रकाशित

झापा । दमक ५ स्थित धनेश्वर शिव मन्दिर परिषरमा फाग्न २ गते शिवपार्वती प्रणया दिवस मनाइएको छ । 

अर्वाचीन पुराण समाज इटहरीको आयोजनामा गरिएको कार्यक्रममा प्रा.डा. बद्रीविशाल पोख्रेल दम्पत्ती शिवपार्वतीको भेषमा कार्यक्रममा सहभागि भएका थिए । 

कार्यक्रममा बोल्दै संस्कृतिविद् प्रा.डा. बद्रीविशाल पोखरेलले पूर्वीय प्रेम र प्रणय विश्व र मानव सभ्यताकै एक आदर्श र अनुकरणीय रहेको उल्लेख गरेका थिए । 

उनले शिव किराँतेश्वर र पार्वती खस आर्य पहिचानका भएकाले यिनका बीचको प्रणय धार्मिक सांस्कृतिक जात र जातीय एकताको प्रतिक भएको बताए । 

यस्तै अर्वाचीन पुराण समाज इटहरीकी अध्यक्ष मिथिला पोखरेलले एमाले नेता मदन भण्डारीले जबजमा यसबारे विशेष जोड दिएपनि मदन भण्डारीको नाममा खोलिएका प्रतिष्ठानहरुले नै वास्ता नगरेको बताइन् । 

कार्यक्रममा राजनीतिक व्यक्तित्व रोमनाथ ओली, अग्रज व्यक्तित्व कमल दाहाल, पत्रकार भूमिराज पराजुली, बुद्धिजीवी जीवन हरि शर्मा, मन्दिरका अध्यक्ष रुद्र कार्की, सचिव एकराज के.सी, शिवराज घिमिरे, कवि झाँक्री खोले, युवा कवि वीरेन्द्र खड्का, खड्गबहादुर खड्का, डा. गोपाल भण्डारी, डा. उत्तम भट्टराई आदिले कार्यक्रमको औचित्य, आवश्यकता तथा सान्दर्भिकता बारे मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कवितासमेत वाचन गरिएको थियो ।