सुनसरीको भोक्राहामा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

न्युजलय ९ फाल्गुण २०८२, शनिवार ०२:४९ मा प्रकाशित

सुनसरी । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ स्थित चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप भएको छ ।


कांग्रेसले आयोजना गरेको कार्यक्रम गर्न नदिने भन्दै हिडेका रास्वपा कार्यकर्ता र काँग्रेस कार्यकर्ता आपसमा भिडेका हुन् ।


सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका कार्यकर्ताहरूसँग जम्काभेट भएको थियो ।


सो क्रममा दुवै पक्षका युवाहरूबीच सुरु भएको भनाभन केही बेरमै हातहालाहालमा परिणत भएको थियो । सुरक्षामा खटिएको प्रहरीले बल प्रयोग गरेको हो ।


प्रहरीको हस्तक्षेपपछि अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको छ ।