इटहरी । इटहरी आर्टस एण्ड फाउन्डेसनले आयोजना गरेको लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ का विजेताहरुलाई लिएर म्यूजिक भिडियो बनाइएको छ । रमेश प्रसाईँको शब्द तथा संगीत रहेको ‘एक दिन’ बोलको गीतमा उनीहले अभिनय गरेका हुन् । सार्वजनिक गीतमा प्रितम आचार्य र तुलसी घिमिरेको स्वर रहेको छ ।
उक्त भिडियो इटहरीको ओसियन पार्क, गोकुलम रिसोर्ट, रंगशालामा छायाँकन गरिएको छ । गीतमा रोहन देवकोटाको एरेन्ज र उत्सव आचार्यको मिक्सिङ रहेको छ । गीतको भिडियोलाई इटहरीको ड्रिम्स फोटोग्राफीले पोस्ट प्रोडक्सन गरेको हो । यस्तै, गीतको भिडियो छायाँकन तथा सम्पादन संयोग जंग विष्टले गरेका छन् । गीतको भिडियोलाई तुलसी घिमिरेले निर्देशन गरेका हुन् ।