आजको सुनको मूल्य

न्युजलय २८ बैशाख २०८०, बिहिबार ०४:५२ मा प्रकाशित

काठमाडौँ । बिहिबार (आज) सुनको मूल्य स्थिर रहेको छ । आजको मूल्यसूची तय गर्दै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले हिजो बुधबारकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम छ । हिजो बुधबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ३० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।