दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

न्युजलय २५ मङ्सिर २०७८, शनिवार ०८:५९ मा प्रकाशित

विराटनगर । मोरङको बेलबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

बेलबारी नगरपालिका–८ मा प्रदेश १–०२–००३ त ०३८० नम्बरको ट्याक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बेलबारी–८ का २९ वर्षीय डम्बर थापाको मृत्यु भएको खड्काले बताए। उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ बजेतिर मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेलबारी–८ का २८ वर्षीय राजन पराजुली घाइते भएका छन्। 

पराजुलीको नोबेलमै उपचार भइरहेको छ। खड्काका अनुसार दुर्घटनापछि दुवै सवारी साधन र ट्याक्टरका चालक मोरङको रंगेली नगरपालिका–१ का २९ वर्षीय कमलेश चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।