आज पनि घट्यो सुनको मूल्य

न्युजलय २५ मङ्सिर २०८०, सोमबार ११:४५ मा प्रकाशित

काठमाडौं । सोमबार(आज)सुनको मूल्य घट्ने क्रम जारी छ । आइतबार घटेको सुनको मूल्य सोमबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ घटेर एक लाख १७ हजार रूपैयाँमा कारोबार हुँदैछ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० कायम भएको छ ।

चाँदीको मूल्य १५ रूपैयाँले घटेर एक हजार ४१० रूपैयाँमा कारोबार भइरहेको छ ।