२०७९ फाल्गुण २५ गते बिहिवारको राशिफल

न्युजलय २५ फाल्गुण २०७९, बिहिबार ०७:०२ मा प्रकाशित

मेष । आज शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्नेछ ।

 

वृष । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । खेतिपातीबाट बढी लाभ लिन सकिनेछ, तर चिताएको काम रोकिन सक्छ ।

 

मिथुन । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप लाग्न पनि सक्छ ।

 

कर्कट । आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।

 

सिंह । आज सामाजिक र प्राविधिक काम सम्पन्न हुने त्यसबाट थप ऊर्जा मिल्नेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

 

कन्या । आज हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्, तर पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

 

तुला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ ।

 

वृश्चिक । मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

 

धनु । आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

 

मकर । प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।

 

कुम्भ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

 

मीन । आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।