काठमाडौँ । शुक्रवार(आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन तोलामा १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको छ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला १३९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तोलामा १३७५ रुपैयाँमा कारोबार भएको थियो ।