मोरङ । मोरङमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–९ डिपोका ५७ वर्षीय दीपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरी हो–हल्ला गरेको विषयलाई लिएर उनकै छोरा ३६ वर्षीय अर्जुन धामीले मंगलवार कुटपिट गर्दा दीपनारायण गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार दीपनारायणको अरनिको अस्पताल उर्लाबारी हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारपछि घरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले अर्जुनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।