विराटनगर । विराटनगरका पत्रकार सुशीला पाठकमाथि सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको छ ।
नेपाल पत्रकार महासङ्घ कोसी प्रदेश कार्यसमिति सदस्य तथा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता पाठकलाई नेपाल–भारत सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले दुव्र्यवहार गरेको हो ।
तस्करीको रिपोर्टिङ गर्ने सिलसिलामा पुगेकी उनलाई सशस्त्र सीमा सुरक्षा बल रानीमा खटिएका प्रहरी अधिकृत सहित सशस्त्र प्रहरी जवानले दुर्ब्यवहार गरेका थिए पाठकका अनुसार आम सर्वसाधारणलाई दुःख दिने, तर ठुला गाडीहरू चेकजाँच नगरी पठाउने गरेको भिडियो खिचेको समयमा महिला प्रहरीलाई लगाएर मोबाइलनै खोसिएको थियो । उनीहरुले मोबाइल नै फिर्ता नदिएको पाठकले बताइन् ।
नेपाल पत्रकार महासङ्घ मोरङले घटनाको विरोध गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै आफू पत्रकार भएको जानकारी गराउँदा पनि सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले बिहान ११ बजे खोसेको सञ्चार उपकरण हालसम्म पनि फिर्ता नगरेकोले मोबाइल फिर्ता गर्न र दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीलाई कारवाही गर्न माग गरेको छ ।