२०७९ कार्तिक १६ गते बुधबारको राशिफल

न्युजलय १६ कार्तिक २०७९, बुधबार ०७:०० मा प्रकाशित

मेष । नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमिबाट लाभ पनि रहला ।

 

वृष । आज आफन्तसँग भेटघाट रहनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । शुभ कार्यको योजना बन्नेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

 

मिथुन । आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । पुँजी बजार भने ठिकै रहला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

 

कर्कट । आज शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक संस्थाबाट सहयोग पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

 

सिंह । शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

 

कन्या । श्रमको उचित मल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

 

तुला । आज मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

वृश्चिक । नयाँ काम वा रोजगार पाइनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ ।

 

धनु । कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

मकर । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।

 

कुम्भ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

 

मीन । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शेयर बजारबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।