सुनको मूल्य घट्यो

न्युजलय २२ साउन २०८२, बुधबार ११:२८ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।