काठमाडौं । आज डिसेम्बर २१ अर्थात् वर्षको सबैभन्दा छोटो दिन । खगोल विज्ञानको भाषामा यसलाई शीतकालीन अयनान्त पनि भनिन्छ ।
यो दिन सूर्य कर्क रेखाबाट मकर रेखा अर्थात् उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ । यो दिन पृथ्वीको उत्तरी गोलार्धमा दिनको लम्बाइ सबैभन्दा छोटो हुन्छ र रात्रिको समय वर्षकै लामो हुन्छ।
यो दिन ८ घण्टासम्मको र रात्रि १४ घण्टासम्मको हुन्छ । यसको निर्धारण उत्तरी गोलार्धमा स्थित देशको ‘टाइम जोन’ र भगौलिक अवस्थितिअनुसार हुन्छ ।