मेष । पारिवारिक योजनाहरूबाट लाभ मिल्ने आशा रहेको छ। राजकीय मामिलाहरु सुल्झिने छन्। भावनात्मक सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष । नयाँ कार्यको थालनीको लागि समय उपयुक्त रहेको छ। व्यर्थको वादविवादले परिवारमा असन्तोषको भावना जागृत हुनेछ। थोरै संघर्षले पनि राम्रो प्रतिफलको प्राप्ति हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।
मिथुन । सुख सुविधामा धन खर्चका योग छन्। कठिन समयमा मित्रलाई सहयोग गरेर खुसी मिल्नेछ। सम्पत्तिलाई लिएर वादविवाद हुन सक्ला। न्यायिक मामिलाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग वैजनि हो भने शुभ अंक ४ रहेको छ।
कर्कट । नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि घरपरिवारमा सल्लाह अवश्य लिनुहोस्। सवारी साधनमा आकस्मिक धन खर्चका योग छन्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
सिंह । छिटो सफलताको लागि कानुन विपरीत कार्य नगर्नुहोला। कार्यको सुरुवातीमा आत्मविश्वासी बन्नुहोस्। अगाडि गरेका कार्यहरूबाट लाभ प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कन्या । लेखन वा सामाजिक सञ्जालको कार्य बाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।
तुला । आफन्तहरूको साथमा चलिरहेको वादविवाद सुल्झिनेछ। समाजमा नयाँ जिम्मेवारी मिल्नेछ। कलाको क्षेत्रमा विशेष सफलता प्राप्त होला। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक । साझेदारी व्यापारमा नयाँ योजनाको सुरुवात गर्न सक्नुहुनेछ। आफ्नो कुरालाई खुलेर राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा सहकर्मीहरूबाट सोचेजस्तो सहायता नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु । कार्यक्षेत्रमा रुचिगत कार्यमा मन लाग्नेछ। नोकरी वा पेशामा उच्च अधिकारीहरूसँग मनमुटाव हुन सक्ला। महत्वपूर्ण योजनाहरू हातबाट निस्किन सक्ला सावधान रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मकर । सोचेभन्दा राम्रो सफलता हात लाग्नाले उत्साहित हुनुहुनेछ। सुख सुविधामा धन खर्च हुनेछ। कारोबार विस्तारको लागि दीर्घकालीन योजना बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ । नकरात्मक मानसिकताले विपरीत प्रभाव पर्नेछ। अरुको लागि श्रम र धन खर्च गर्नुपर्ला। उद्योग र व्यापारमा सोचविचार गरेर लगानी लगाउनुहोस्। आफन्तहरूबाट धोखा मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मीन । व्यापार व्यवसाय आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नुहोस्। युवाहरूको लागि करियर बनाउन नयाँ अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल
स्रोत हाम्रोपात्रो डटकम