विराटनगर । प्रतिस्पर्धामा उत्रिएका जिल्ला सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि मोरंग काँग्रेसमा पुनः निर्वाचन हुने भएको छ ।
१४ औँ महाधिवेशनअन्तर्गत मोरङमा आइतबार भएको निर्वाचनमा ३ हजार ४ सय १४ मत खसेको थियो । सोमबार बिहान मतगणना सम्पन्न हुँदा सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन्।
संस्थापनइतरका डिगबहादुर लिम्बू र संस्थापन पक्षबाट दिलिप गच्छदार तथा यदुकुमार विष्ट सभापतिका उम्मेदवार थिए। अन्तिम मतपरिणाम अनुसार लिम्बूले १ हजार ५ सय ४४, गच्छदारले १ हजार १ सय ६६ र विष्टले ५ सय ६३ मत प्राप्त गरे।