सुनचाँदीको मूल्य घट्यो

न्युजलय ३० मङ्सिर २०८१, आइतबार १२:३७ मा प्रकाशित

काठमाडौं । आज सुन चाँदीको मूल्यमा गिरावट आएको छ। गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला सुन १ लाख ५३ हजारमा कारोबार भएको थियो।  आज प्रतितोला सुन १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज प्रतितोला चाँदी मूल्य १ हजार ८ सय ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।