मोरङ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैचा नगरपालिका–६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई बलात्कार गर्दै आएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।