खोटाङमा रूख काट्ने क्रममा एक जनाको मृत्यु

न्युजलय ६ पुस २०७८, मङ्गलबार ०९:०९ मा प्रकाशित

खोटाङ । जिल्लाको रावाबेसी गाउँपालिका–३, तिर्पामा रूख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ।


स्थानीय नरबहादुर केप्छाकी मगरको आज करिब १२ बजेतिर घरनजिकै रहेको सल्लाको रूख काट्ने क्रममा सोही रूख ढलेर किच्दा ज्यान गएको स्थानीय सुनिल खतिवडाले बताए।


घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हलेसी र प्रहरीचौकी अर्खौलेबाट गएको प्रहरी टोलीले शवको मुचुल्का उठाएको बताइएको छ।


मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम दिक्तेल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।