काठमाडौँ । सोमबार(आज) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० रुपैयाँ कायम थियो । हिजो आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर कारोबारमा आएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ ।