विराटनगर । मोरङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका–५ बस्ने २३ वर्षीय युवराज महरा रहेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।