काठमाडौँ । सुनको मूल्यमा आज पनि गिरावट आएको छ। सुनको मूल्य आज एक हजार पाँचसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य घटेर आज सुन तोलाको एक लाख ९२ हजार दुईसय रुपैयाँमा झरेको छ। हिजो सुनको मूल्य एकलाख ९३ हजार पाँचसय रुपैयाँ थियो।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार १४० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।