कृषि बैंकले माग्यो १५२ कर्मचारी

न्युजलय २४ असार २०७९, शुक्रबार ०७:४३ मा प्रकाशित

काठमाडौं । कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ। बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो।


प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ।


त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ। कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ।


साउन १२ भित्र आवेदन दिनुपर्नेछ।