काठमाडौं । अभिनेता पल शाहमाथि बलात्कारविरुद्धको जाहेरी दर्ता भएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै आवश्यक अनुसन्धान थालिएको बताए ।
१७ वर्षीया गायिकाले शाहले आफूमाथि बलात्कार गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् । करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएसँगै १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराइसकेकी छन् ।
एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । उनले शाहले आफूलाई फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।