घट्यो सुनको मूल्य

न्युजलय १३ माघ २०८१, आइतबार ११:२८ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन तोलामा  दुई सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । आज सुन प्रतितोला एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

यस्तै आज चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएकोमा आज एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महसंघले जनाएको छ ।