फिदिममा अटो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

न्युजलय ३ साउन २०८०, बुधबार ११:४४ मा प्रकाशित

फिदिम । पाँचथरको फिदिम नगरपालिका–१ शनिबारेस्थित मेची राजमार्गमा ओटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अटोमा सवार तीनजना घाइते भएका छन् । 

बुधबार(आज) बिहान फिदिम बजारतर्फ आइरहेको प्र १–०१–००१ स ८७०५ नम्बरको अटो र्दुघटना हुँदा फिदिम–६ सिवाकी ५५ वर्षीया हरिमाया तुम्रोकको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकी तुम्रोकको उपचारको क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

अटोमा सवार सिवाकै ३६ वर्षीया बसन्ती लिम्बू, १९ वर्षीय सन्देश लिम्बू र फिदिम–७ का कुसल लिम्बू सामान्य घाइते छन् । उनीहरुको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

अटोसहित चालक दिपक लिम्बूलाई प्रहरीले नियन्त्रणम लिएको छ ।