राजश्व छली आयात गरिएको दश हजार किलो खुर्सानी नियन्त्रणमा लिई नष्ट

न्युजलय २५ चैत २०७९, शनिवार ०१:४७ मा प्रकाशित

सुनसरी । भन्सार छलेर ल्याइएको १० हजार किलो हरियो खुर्सानी राजश्व अनुसन्धान कार्यलयले नियन्त्रणमा लिएर नष्ट गरेको छ । 

प्रज्ञापन पत्रमा ४ सय किलो उल्लेख गरेर १० हजार किलो हरियो खुर्सानी लोड भएको भारतीय नम्बरको ट्रक राजस्व अनुसन्धान कार्यलय इटहरीले नियन्त्रणमा लिएको हो ।

गत मंगलबार नियन्त्रणमा लिएको ठुलो परिमाणको खुर्सानी लिलामी नभई कुहिने अवस्था आएपछी कानूनी प्रक्रिया अनुसार नष्ट गरिएको राजश्व अनुसन्धान कार्यलय इटहरीले जनाएको छ ।

न्यू लालीगुरांश ट्रेड एण्ड सप्लार्यस काकडभिटाले आयात गरेको उक्त खुर्सानी त्यहा अनलोड नगरी बिराटनगरको गौरीशंकर सप्लायर्सलाई बेचेको बिल देखिएको र उक्त बीलमा पनि परिमाण फरक पारी ४ सय किलो मात्र उल्लेख गरिएको पाइएको राजश्वको भनाई छ ।

राजश्व चुहावट अनुसार बिल बिजक फरक पारेर भन्सार कार्यलयबाट क–कस्को मिलेमतोमा पैठारी तथा कारोबार भएको हो भन्नेबारेमा अनुसन्धान भैरहेको कार्यलयले जनाएको छ ।