सुनको मूल्यमा नयाँ रेकर्ड

न्युजलय २३ फाल्गुण २०८०, बुधबार ११:११ मा प्रकाशित

काठमाडौं । दैनिक उच्च रेकर्ड बनाउँदै सुन महँगिएको छ । बुधबार(आज) फेरि ५ सय रुपैयाँ बढेपछि अर्को उच्च रेकर्ड कायम भयो । आज सुनको मूल्य तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४४५ रुपैयाँ रहेको चाँदी बुधबार १ हजार ४४० रुपैयाँमा झरेको छ ।