बढ्यो सुनको मूल्य

न्युजलय २५ पुस २०८२, शुक्रबार ११:३६ मा प्रकाशित

काठमाडौँ । आज सुनको मूल्य २ हजार १०० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार १०० रुपैयाँले बढ्दै २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको हो ।

आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घट्दै ४ हजार ७८० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।