झापाका कांग्रेस नेता बुढाथोकी रास्वपा प्रवेश

न्युजलय ८ माघ २०८२, बुधबार ०७:३२ मा प्रकाशित

झापा । झापाको कमल कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। 

बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा गरेको जनाएका हुन्।

‘नेपाली कांग्रेस कमल गाउँ कार्य समिति सचिव पद र नेपाली कांग्रेसको साधारण सदस्य समेतबाट राजीनामा दिएको जानकारी सम्बन्धित पार्टी सभापतिलाई अवगत गराउँदैछु,’ बुढाथोकीले भनेका छन् ।