गायिका समीक्षा अधिकारीसँग विवाह गर्न तयार आमेश

न्युजलय १७ असार २०८०, आइतबार ०२:२६ मा प्रकाशित

काठमाडौँ । अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समीक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन्।

६ महिना अस्ट्रेलिया बसेर नेपाल फर्किएका आमेशले एक टेलिभिजन कार्यक्रममा समीक्षासँग विवाह गर्न तयार रहेको बताएका हुन्। 

समीक्षाको बुबाआमाले प्रस्ताव गर्नुभयो भने तपाईं उनीसँग विवाह गर्न तयार हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘त्यस्तो भयो भने म त एकदम लक्की हुन्छु, म विवाह गर्छु, मेरो उमेर पनि भयो।’

पछिल्लो समय टिकटकमा यी दुईको भिडिओ हरेर प्रेममा रहेको चर्चासमेत चलेको छ। तर आमेशले प्रेममा रहेको कुराको खण्डन गरेका छन्। उनले आफूहरू मिल्ने साथी मात्रै भएको दाबी गरेका छन्।