उदयपुरमा दुई वटा मोटरसाइकल ठोक्किँदा राईको मृत्यु

न्युजलय २५ मङ्सिर २०८२, बुधबार १२:५३ मा प्रकाशित

उदयपुर । चौदण्डी नगरपालिका–४ बसाहामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो ।

मंगलबार भएको दुर्घटनामा परी गम्भीर घाइते भएका राईको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।