घट्यो सुनको मूल्य

न्युजलय ५ साउन २०८०, शुक्रबार ११:२६ मा प्रकाशित

काठमाडौं । शुक्रबार(आज) सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । 

अघिल्लो दिन हालसम्मको उच्च विन्दु प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा छापावाला सुन कारोबार भएको थियो । तर, आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ८ सय रुपैयाँमा झरेको हो । 

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिन मूल्यमा १५ रुपैयाँले घट्दै १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।