बढ्यो सुनको मूल्य

न्युजलय २८ मङ्सिर २०८०, बिहिबार ११:४६ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य बिहीबार(आज) उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य एक हजार ८ सय रूपैयाँले उकालो लागेर एक लाख १८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार २५० कायम भएको छ ।

आज चाँदी ५५ रूपैयाँले बढेर एक हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।