काठमाडौं । दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’को टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । दुई दिन अगाडि सार्वजनिक टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा छ ।
टिजरमा पुष्पा जेलबाट फरार भएको देखाइएको छ । वर्षकै प्रतिक्षित सिनेमा ‘पुष्पा’मा अल्लु अर्जुन, रश्मिका मन्दना, फहद फासिल, धनुञ्जयलगायत मुख्य भूमिकामा छन् ।
सुकुमार बान्द्रेडीको कथा तथा निर्देशन रहेको सिनेमाको पहिलो सिरिजले राम्रो कमाइ गरेपछि दोस्रो सिरिज प्रतिक्षित बनेको हो ।