एक महिलामाथि सामूहिक बलात्कार, सातजना पक्राउ

न्युजलय १४ पुस २०७८, बुधबार १०:४५ मा प्रकाशित

काठमाडौँ । एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा काठमाडौँको नयाँ बसपार्क, गोंगबुबाट ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले गएको सोमबार ३४ वर्षकी महिलामाथि सामूहिक बलात्कार गरेको अभियोग छ ।

पक्राउ परेका सबै युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेको देखिएको काठमाडौँ प्रहरीले जनाएको छ । उजुरी परेपछि सातजनालाई मंगलबार र एकजनालाई बुधबार बिहान पक्राउ गरिएको हो ।

पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाइएको छ । महिला सुर्खेतकी हुन् भन्ने खुलेको प्रहरीले बताएको छ ।